नियम
व्यवस्थापन योेजना तर्जुमा र स्वीकृति
(१) परिषद्ले सम्बन्धित उपभोक्ता समूह र समितिस“ग समन्वय गरी संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि अनुसूची–१  बमोजिमको विवरण खुलाइ पा“च वर्षको लागि व्यवस्थापन योजना तर्जुमा गर्नेछ ।
(२) उपनियम (१) बमोजिम व्यवस्थापन योजना तर्जुमा गर्दा परिषद्ले उपभोक्ता समूह र समितिका अध्यक्षको बैठक बोलाई व्यवस्थापन योजना तर्जुमा सम्बन्धमा छलफल गर्ने र राय सुझाव संकलन गर्नेछ र त्यसरी संकलन भएको राय सुझावको आधारमा व्यवस्थापन योजना तर्जुमा गर्नुपर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम व्यवस्थापन योजना तर्जुमा गर्दा प्राविधिक सेवा आवश्यक परेमा परिषद्ले सम्बन्धित विषयका प्राविधिकहरूको सेवा लिन सक्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम तर्जुमा गरिएको व्यवस्थापन योजनालाई परिषद्को बैठकबाट पारित गरी स्वीकृतिका लागि अध्यक्षले विभाग समक्ष पेश गर्नुपर्नेछ ।
(५) उपनियम (४) बमोजिम विभागसमक्ष पेश हुन आएको व्यवस्थापन योजनालाई देहायका पदाधिकारी रहेको समितिले अध्ययन गरी परिमार्जन गर्न आवश्यक देखेमा परिर्माजन गरी सिफारिससाथ स्वीकृतिको लागि विभागमा पेश गर्नेेछः–
(क) उप–महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग – संयोजक
(ख) अधिकृत प्रतिनिधि, वातावरण महाशाखा, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(ग) अधिकृत प्रतिनिधि, योजना तथा जनशति महाशाखा, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(घ) संरक्षण क्षेत्र व्यवस्थापन गर्न जिम्मेवारी पाएको संस्थाको अध्यक्ष – सदस्य
(ङ) व्यवस्थापन अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग – सदस्य–सचिव
(६) उपनियम (५) बमोजिमको समितिले व्यवस्थापन योजना र तत्सम्बन्धी अन्य विषयमा प्राविधिक राय परामर्शको लागि प्राविधिक उपसमिति गठन गर्न सक्नेछ र त्यस्तो उपसमिति गठन नभएकोमा सम्बन्धित विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(७) उपनियम (४) बमोजिम पेश हुन आएको व्यवस्थापन योजना विभागले अध्ययन गरी सोही रूपमा वा परिमार्जन वा संशोधन गर्न आवश्यक देखेमा परिमार्जन वा संशोधन गरी स्वीकृत गर्नेछ ।
(८) उपनियम (७) बमोजिम स्वीकृत व्यवस्थापन योजनाको पालना गर्नु परिषद् र सम्बन्धित सवैको कर्तव्य हुनेछ ।